News Update

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे बसन्त श्रवण

१९ माघ, काठमाडौं बसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बसन्त श्रवण गरेका छन् ।

बसन्तपुर डबलीमा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा विशिष्ट व्यक्तिहरुले बसन्त श्रवण गर्ने परम्परा छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, सरकारका मन्त्रीहरु लगायतले बसन्त श्रवण गरी टीका र प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले टीका, प्रसाद प्रदान गरेका थिए । त्यसअघि पञ्चमीको महिमासम्बन्धी श्लोक बाचन गरिएको थियो ।

कार्यक्रममा प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका राजपत्रांकित विशिष्ठ श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखको सहभागीता थियो ।

बसन्त श्रवण भइरहँदा परम्परागत लोकबाजा पञ्चेबाजाको धुनका साथै नेपाली सेनाले मंगल धुन बजाएको थियो ।

समारोहको व्यवस्थापन गृहमन्त्रालय, पुरातत्व विभाग, कौषीतोष खाना कार्यालय र हनुमानढोका दरबार हेरचाह अड्डाले गरेका थिए ।

परापूर्वकालदेखि बसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्ति हनुमानढोका पुगी बसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

श्रीमदभागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उनकी प्रेमिका राधा र उनका साथीहरुले बसन्त ऋतुको आगमनको स्वागत गर्दै बसन्तराग गाएर भगवान श्रीकृष्णको आराधना गरेको प्रसंग उल्लेख छ ।

 

 

#source from onlinekhabar

Money Tracker

News & Events

Japan Money Express ties up with Xpress Money Japan Money Express ties up with Xpress Money

With extensive network of over hundred thousand agents, you can send and receive money from any part... Read More »

 जेएमईले सुरु गर्‍यो आन्तरिक रेमिट्यान्स सेवा जेएमईले सुरु गर्‍यो आन्तरिक रेमिट्यान्स सेवा

१३ फागुन, काठमाडौं । जापानबाट नेपालमा... Read More »

 राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे बसन्त श्रवण राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे बसन्त श्रवण

१९ माघ, काठमाडौं बसन्त पञ्चमी (श्रीपञ्चमी)को... Read More »

एडीबीको प्रक्षेपणः यो वर्ष आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म एडीबीको प्रक्षेपणः यो वर्ष आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म

१५ चैत, काठमाडौं । एशियाली विकास बैंक... Read More »

Transfer